Notice For Parents

आदरणीय अभिभावक महानुभावहरु !

 
यहाहरुलाई अवगतभएकै कुरा हो, देश प्राकृतिक प्रकोपको जटिल अवस्थाबाट गुज्रिरहेको छ । भूकम्पले हाम्रा मन मस्तिष्कहरु अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् भने हाम्रा बालबालिकाहरु अझै भय र त्रासमा बाँचिरहेका छन् । यो विपत्तिको घडीमा हामीले धैर्यधारण गर्दै फेरि नयाँ सङ्कल्पका साथ नयाँ सम्भावनाहरु खोज्दै अगाडि बढ्नु पर्छ । परिस्थिति जटिल छ, तर सधैँ यही अवस्थामा रहिरहन पनि सकिन्न र विपत्ति पनि सधैँ रहँदैन । अब यो प्रकोपले विस्तारै सामान्य गति लिदै गएकाले हामीले पनि आपूmलाई सम्हाल्नुपरेको छ । विद्यालय व्यवस्थापन समितिले विद्यालयको भौतिक संरचनाहरुलाई जिल्ला शिक्षा कार्यालय, काठमाडौंको टोलीद्धारा निरीक्षण गराइसकेको छ । हाम्रा सबै संरचनाहरु खतरामुक्त भएको जानकारी अभिभावकवर्गमा गराउँदै जिल्ला शिक्षा कार्यालयको निर्देशनानुसार हामी पनि जेठ १७ बाटै पठन–पाठन सुचारु गर्ने निर्णयमा पुगेको जानकारी गराउन चाहन्छौँ । यद्यपि यो विपत्तिको त्रास शिक्षक, विद्यार्थी सबैमा अद्यापि रहिरहेकाले सबैको मनोबल बढाउनको लागि विशेषज्ञहरुबाट मनोपरामर्शका कक्षाहरुबाट कक्षा सुचारु गर्ने निर्णय भएकाले जेठ १७ बाटै कक्षा नर्सरीबाट कक्षा १० सम्म र ए–लेभल दोस्रो वर्षका आ–आफ्ना बालबालिकालाई विद्यालय पठाई सहयोग गरि दिनुहुन हार्दिक अपिल गर्दछौँ । यस कार्यमा हामी सम्पूर्ण अभिभावकहरुको सुझाव, सल्लाह र सद्भावको अपेक्षा गर्दछौँ ।

 

सुधीर कुमार झा
प्रधानाध्यापक
विद्या संस्कार स्कूल÷चेल्सी इन्टरनेशनल एकेडेमी
२०७२-०२-१२

 

 

Chelsea-notice

No Comments

Comments are closed.

To Top