::. Chelsea Int'l Academy .::
               
home.::
       
 


 
 
ए-लेभलको बढ्दो आकर्षण

जेनेरल सर्टिफिकेट अफ एजुकेशन (जि.सी.ई.) क्याम्ब्रिज ऐक्जामिनेशन (सि.आइ.ई) बोर्डद्वारा सञ्चालन गरिएको हो । यो युनिभर्सिटी अफ क्याम्ब्रिजकै एउटा अङ्ग हो । जि.सी.ई.ले गत ५० बर्षदेखि विश्वको करिब एक सय सत्तरी देशहरुमा लगभग सत्तरी विषयहरुमा एडभान्स्ड लेभल क्वालिफिकेशन (जसलाई ए-लेभल क्वालिफिकेशन पनि भनिन्छ) प्रदान गर्दै आएको छ।

नेपालबाट एस.एल.सी. या विश्वको कनैपानि बोर्डबाट एस.एल.सी. समकक्ष परीक्षा उत्तिर्ण गरेका विद्यार्थीहरु ए-लेभल क्वालिफिकेशनमा प्रवेश पाउन सक्छन् ।

विद्यार्थीहरुले उपलब्ध गराइएको मध्ये अंग्रेजी भाषा साहित्यबाट एउटा र बाँकी विषयहरुबाट आफूले चाहेको कम्तिमा तीनवटा विषय लिन पाउने प्रावधान छ ।

ए-लेभल पाठ्यक्रम दुई भागमा विभाजित छन् । एउटालाई एडभान्स सब्सिडिअरि (ए.एस.) लेभल भनिन्छ । एसमा पहिलो आधा पाठ्यक्रम समावेश गरिएको हुन्छ । अर्को आधालाई ए-टु सिलेवश भनिन्छ । यसले बाँकी आधा पाठ्यक्रम संगालेको हुन्छ । विद्यार्थीहरुले सम्पूर्ण ए-लेभल क्वालिफिकेशन पाउनका लागि दुई वर्षमा दुई पटक पनि परिक्षा दिन भने दुई वर्षको अन्त्यमा एकै पटक परीक्षा दिन सक्छन् । साथसाथै मेधावी विद्यार्थीहरुका लागि समयसीमा छैन । ए-लेभल परीक्षा वर्षको दुई पटक मे/जुन र अक्टोबर/नोभेम्बरमा विश्वभरि नै एकै पटक सञ्चालन गरिन्छ र नतिजा पनि एकै साथ प्रकाशन गरिन्छ। परीक्षाहरु धेरै व्यवस्थित तरिकाबाट लिईन्छ । ए-लेभल क्वालिफिकेशनले सिर्जनात्मक सोचाईका साथसाथै अन्य शीप पनि बढाउन मद्दत गर्दछ । विद्यार्थीहरुले कति जान्यो भन्दा पानि कति बुझ्यो भन्ने कुरालाई महत्व दिईन्छ र विश्लेषणात्मक पक्षलाई परीक्षामा बढी समावेश गरिन्छ । प्रश्नहरु 'एक्टिभ' हुन्छन् भने विद्यार्थीहरुको अभिव्यक्ति 'अब्जेक्टिभ' । यसमा वस्तुगत, लामा, र छोटा उत्तर लेख्ने ढाँचाका प्रश्नहरु समावेश गरेर विद्यार्थीको सम्पूर्ण मूल्याङ्कन गर्ने प्रयास गरिन्छ । गहिराईसम्म पुगेर विषयवस्तुको अध्ययन गर्नु पर्दछ ।

ए-लेभल नेपालको प्रमाणपत्र तह अर्थात १०+२ सरहको पाठ्यक्रम हो । यो तह उत्तिर्ण गरेपछि विद्यार्थीले विश्वको कुनै पानि विश्वविद्यालयमा स्नातक स्तरको अध्ययनग गर्नका लागि आवेदन दिन पाउँछन् ।यसको अन्तरराष्ट्रिय ख्यातिले विद्यार्थीहरुलाई विश्वको राम्रो भन्दा राम्रो कलेजमा भर्ना हुन या छात्रवृत्ति पाउन सजिलै सम्भव देखिन्छ ।

नयाँ पाठ्यक्रम तयार गर्दा एउटा लामो र स्तरीय प्रक्रिया अपनाइन्छ ; जसमा पूर्ण अनुसन्धान, तालिम तथा परामर्श जस्ता काम गरिन्छ । यसरी तयार पारिएको पाठ्यक्रम, नमूना प्रश्न पत्र, शिक्षकहरुका लागि कार्यशाला तथा गोष्ठीहरु, दुर सिकाई पाठ्यक्रम, अनलाईन पाठ्यक्रम, छलफल समूह, सन्दर्भ पाठ्यपुस्तक तथा तोकिएको पाठ्यपुस्तकहरुको सहायताले शिक्षकहरु समक्ष पुर्‍याउने गरिन्छ । पाठ्यक्रम र प्रश्नपत्र मलत: अन्तरराष्ट्रिय स्तरको हन्छ ।तसर्थ विश्वभरको विद्यार्थीहरुलाई ध्यानमा राखेर पाठ्यक्रम बनाई अन्तरराष्ट्रिय उदाहरणहरु सँगै आ-आफ्नो देशको सन्दर्भमा पढाउन निर्देशन दिइन्छ । यो पाठ्यक्रम अत्यन्तै लचिलो, गुणस्तरीय, वैग्यानिक र व्यवाहारिक मानिन्छ । पाठ्यक्रम बनाउँदा विद्यार्थीको सिर्जनशील र मौलिक पक्षलाई ध्यान दिइएको हुन्छ भने मुल्याङ्कन गर्दा बोध पक्षलाई । हरेक दुई तीन वर्षमा पाठ्यक्रम परिमार्जित गरी समयसापेक्ष र अद्यावधिक गरेर विषयवस्तु सान्दर्भि र नियमित बनाउनु ए-लेभलको अर्को विशेषता हो ।

कक्षा क्रियाकलापहरु सेमिनार, छलफल, प्रयोगशाला विधि, समस्या समाधान विधि, ग्रुपवर्क, प्रोजेक्टवर्क, खोजविन, प्रतिवेदन लेखन, प्रस्तुतीकरण समसामयिक अध्ययनमा आधारित हुन्छन् । आस्क द एक्जामिनर, टिचर्स सपोर्ट साइटले शिक्षकहरुको स्तर बढाइरहेको हुन्छ भने, वेबसाइट ब्राउज गरेर र सीडि कपी गरेर विद्यार्थीहरुले अझ आफूलाई निखार्न सक्छन् ।

एडभान्स लेभल कोर्षलाई नेपालको सबै विश्वविद्यालयको साथसाथै विश्वको धेरै शैक्षिक संस्थाहरुबाट मान्यता प्राप्त छ । त्रिभुवन विश्वविद्यालयले सि.आइ.ई. ले दिइको ग्रेडस ए देखि ई लाई ९५% देखि ५५% सम्म समकक्षता निर्धारण गरेको छ । विद्यार्थीहरुले आफ्नो ग्रेड सुधार्नको लागि पुन: परीक्षामा बस्न पाउने पनि प्रावधान छ । विद्यार्थीहरुको हौसला बढाउन युनिभर्सिटि अफ क्याम्ब्रिज, ब्रिटिश काउन्सिल र क्याम्ब्रिज एजुकेटर्स एसोसिएशन इन नेपालले हरेक वर्ष पुरस्कार वितरण समाहरोह गर्दै आएको छ ।

नेपालमै बसेर अन्तरराष्ट्रिय स्तरको यो शिक्षा पढेर विश्वका विभिन्न मुलुकमा गएर अध्ययन गरी सक्षम जनशक्तिले पुन: स्वदेशमै फर्केर सेवा गर्ने हो भने यो भन्दा सुनौलो मौका अरु हुन सक्दैन।

- सुधिर कुमार झा
प्रिन्सिपल, चेल्सि इन्टरनेशनल एकेडेमी
अध्यक्ष, क्याम्ब्रिज एजुकेटर्स एसोसिएशन इन नेपाल (सि.इ.ए.न)

(यस वर्षको अवार्ड सेरेमोनीमा चेल्सीबाट जेनेरल पेपर विषयमा नेपाल टप गरेकी शोभा लिम्बु ब्रिटिश काउन्सिलका कन्ट्रिम्यानेजर जोन फ्राइबाट प्रमाणपत्र ग्रहण गर्दै)

 

 

Untitled Document
     
  Copyright ©  Chelsea International Academy    |    All Rights Reserved

Site powered by: Web-Based Information Management of Chelsea Int'l Academy
Contact: mail@chelseainternational.com.np