काठमाण्डौ: 'हामी बुद्धु छौं र त हामी वीर छौं, हामी वीर छौं र त हामी बुद्धु छौं ...' कवि भूपि शेरचनको यो कवितासँगै राजनीतिक दलका चार नेता स्टेजमा प्रवेश गर्छन् । देशका लागि बलिदान दिने सहिदको सास देखेर आआफ्नो पार्टीको भन्दै विवाद गर्न थाल्छन् । सबैलाई देशको भन्दा सत्ताको मोह बढीे आफू त्तछ। त्यसैल आफु सत्तामा पुग्न तँछाडमछाड गर्न थाल्छन् । पालैपालो सत्तामा पुग्ने सल्लाह गरे पनि पछाडिबाट खुट्टा तान्ने र झगडा गर्ने प्रवृत्तिले गर्दा यसको फाइदा अरुले उठाइरहेका हुन्छन् । यता राजनीतिक अस्थिरता र पार्टीबीचको खिचातानीले गर्दा गर्भमै तुहिन लागेको संविधानलाई अझ घाइते बनाए
नेपालको वर्तमान राहनीतिक अस्तव्यस्तता चित्रण गरि एको यस्तै नाटक 'हामी अर्थात म' विहीवार चेल्सी इन्टरनेसनल एकेडेमीका विद्यार्थीले मञ्चन गरे । अनुराश्रेष्ठको लेखन एवं उत्साह जोशीको निर्देशन रहेको नाटकमा उत्साह जोशी सहित निर्मल अर्याल, कृतिका तुलाधर, घनश्याम न्यौपाने, सुप्रिया भेले, एलिज पराजुली, समीक्षा कटुवाल, अंकित जंग खड्का र अनुपम शिवाकोटिको अभिनय रहेको छ ।
पुरानो बानेश्वर स्थित सम नाटकघर गुरुकु लमा जारी कलेज थिएटर फेस्टिवलमा सहभागी आठ कलेजले अहीले नाटक मञ्चन गर्दै आएका छन् । पाठशाला थिएटरले आयोजना गरेको दसदिने कलेज थिएटर फेस्टिवल अन्तर्गत जारी नाटक हेर्न हरे दिन मध्यान्ह १२ बजे र साँझ ५ बजे कलेजका विद्यार्थीहरुको घुँइचो लाग्ने गरेको छ । महोत्सवको अर्को आकर्षण शुक्रबार काठमाण्डौ युनिभर्सिटि हाइस्कुलका विद्यार्थीले 'म्यारिज प्रपोजल' मञ्चन गर्ने भएका छन् । आशुतोष अमात्यको निर्देशन रहेको नाटक त्रिविको अँग्रेजी विषयको पाठ्यपुस्तकम समेत समावेश गरिएको छ । त्यसैगरी शनिवार विभिन्न कलेजका विद्यार्थीको आग्रहमा ओस्कार इन्टरनेशनल कलेजबाट सहभागी नाटक 'पुर्गाटोरी' मञ्चन गरिनेछ । |