::. Chelsea Int'l Academy .::
               
home.::
       
 


 
 
News Archives
 
अन्नपूर्ण पोष्ट २०६५ साल भदौ १५ गते आइतबार
प्रतिक्रन्तिको खतरा
काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मुलुकमा प्रतिक्रन्तिको खतरा रहेको बताएका छन् । चेल्सी एकेडेमी र प्रज्ञा फाउन्डेशनले संयुक्त रुपमा शनिवार आयोजना गरेको कार्यक्रममा प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेदेखि नै 'पुराना' भनिने शक्तिहरुले षड्यन्त्र गर्न थालेकाले प्रतिक्रान्तिको खतरा देखिएको बताएका हुन् । उनले दलहरुको सहकार्यबाट नै मुलुकमा दिगो शान्ति कायम भई युगान्तकारी परिवर्तन हुने विश्वाश व्यक्त गरदै भने, 'तर यो एकता भएन भने दुर्घटना पनि हुनसक्छ ।' प्रचण्डले सम्भावित प्रतिक्रान्ति रोक्न नसकिए राष्ट्रको अस्तित्व र अखण्डता खतरामा पर्ने चिन्ता प्रकट गरे । उनले सामन्ती वर्गको हैकम अन्त्य गर्न पनि राष्ट्रिय एकता आवश्यक भएको बताए । प्रचण्डले संविधान निर्माणमा संघीयताको मुद्दा सबैभन्दा जटिल रहेको विचार व्यक्त गर्दै भने, 'तर मेरो मस्तिष्कले संघीयता र गणतन्त्रमा विखण्डन देखेको छैन ।' प्रचण्डले आफ्नो नेतृत्वको सरकारलाई शंका र भरोसा दुवै तरिकाले हेर्न गरिएको चर्चा गर्दै माओवादी अधिनायकवादी हुन्छ कि भन्ने शंका मुख्य गरी पुराना र विदेशीहरुले गरेको बताए । कार्यक्रममा प्रचण्डले उपरा्ष्ट्रपतिमा पराजित नेत्री शान्ता श्रेष्ठद्वारा लिखित पुस्तक 'यो कथा होइन' को विमोचन गरे । उनले शहीद गंगालाल र दुर्गानन्दका पत्नीहरु क्रमश: हसिना देवी श्रेष्ठ र काशीदेवी झालाई सम्मान पनि गरे ।
 
कान्तिपुर २०६५ साल भदौ १५ गते आइतबार
अन्तर्राष्ट्रिय शक्तिद्वारा अधिनायकवादको आशंका
कान्तिपुर संवाददाता
काठमाण्डौ, १४ भदौ - प्रधानमन्त्री पुष्पकमल दाहालले आप्नो पार्टी सरकारको नेतृत्वमा गएपडि केही अन्तर्राष्ट्रिय शक्तिले अधिनायकवादको आशंका गरेको दावी गर्दै त्यसको प्रतिवाद गरेका छन् ।

राजधानीको नयाँ बानेश्वरस्थित चेल्सी एकेडेमीद्वारा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आफू सहमतिको राजनीतिको पक्षमा रहेको प्रस्ट पारेका छन् ।

'माओवादी सरकारमा गएपछि जनतामा नयाँ सञ्चार भएको छ तर अन्तर्राष्ट्रिय समुदायमा माओवादी अधिनायकवादमा जाने ता होइन भनी केही आशंका रेहेको मैले अझै पाएको छु' उनले भने - 'तर हामी सहमतिको राजनीतिमा विश्वास गर्छौं र त्यहीअनुरुप अघि बढ्छौं ।'

उनले कांग्रेसलाई पनि सरकारमा लैजान अझै प्रयास भइरहेको बताउँदै उनले भने - 'नआए रेल त छुट्छ नै ।' दाहालले आफू वैज्ञानिक योजना सहित नयाँ ढंगले चल्ने सोचाइमा रहेको बताउँदै पारदर्शी र स्वच्छ प्रशासनलाई दुख्य प्राथमिकतामा राख्ने बताए । तर उनले सरकार गठनसंगै यसविरुद्ध षड्यन्त्रका तानाबाना बुन्न शुरु भएको छ भन्दै रोष प्रकट तरे ।

उनले हरेक क्रन्तिकारि परिवर्तनसंगै हुने प्रतिक्रान्तिको खतराप्रति आफू सचेत भएको बताए । 'प्रत्येक क्रान्तिकारि परिवर्तनसंगै प्रतिक्रान्तिको खतरा रहन्छ । नेपाल यसबाट अछुतो हुन सक्दैन।' उनले भने - 'युगान्तकारि परिवर्तनपछिको मोडमा सजगता अपनाइएन भने दुर्घटना निम्तिन सक्छ । त्यसकारण सचेत हुंदै नयाँ नेपाल निर्माण अवसरको सदुपयोग गर्नुपर्छ ।

 
राजधानी २०६५ साल भदौ १५ गते आइतबार
पूर्ण सरकार आज: प्रचण्ड

काठमाणडौ/रास- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आइतबार पूर्णता पाउने जनाएका छन्।

सरकारले पूर्णता पाएलगत्तै नीति तथा कार्यक्रमलाई अन्तिम रु दिन जुट्ने जानकारीसमेत प्रधानमन्त्री प्रचण्डले दिए ।

उनी चेल्सी इन्टरनेशनल र प्रज्ञा फाउन्डेसनद्वारा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै थिए ।

शान्ता श्रेष्ठद्वारा लिखित 'यो कथा होइन' पुस्तक विमोचन समारोहमा आफ्नो पार्टीको नीति अनुसार अघि बढ्न नसके सरकारमा टाँसिरहनुको कुनै अर्थ नरहने पनि उनले स्पष्ट गरे ।

माओवादीलाई जनताले संविधान लेख्न मत दिएको भन्दै उनले जनमतलाओ धोका नदिइने प्रतिबद्धता प्रकट गरे ।

युग परिवर्तनको क्रममा क्रान्तिकारि कदम उठाउँदा प्रतिक्रान्ति भए त्यसलाई सामना गर्दै गणतन्टको संस्थागत विकासमा लागि पर्ने प्रण उनले गरे । प्रचण्डले भने, 'अबको आठ-दश वर्षमा नेपालमा अद्‌भुत परिवर्तन आउनेछ ।' माओवादीले परम्परागत पार्टीभन्दा भिन्न शैली र पृष्ठभूमिबाट वर्तमान राजनीतिक घटनाक्रमलाई आत्मसात् गरेको उल्लेख गर्दै सो पार्टीका अध्यक्ष प्रचनण्डले थपे, 'त्यसैले विगतमा राज्य संयन्त्रमा लागेको खिया हटाउने कामसमेत हाम्रो हो ।'

उनले माओवादी सरकारमा गएपछि अधिनायकवादी वन्छ भन्ने चिन्ता नलिन सवैमा आग्रह गरे । प्रचण्डले भने, 'सरकार, जनता र विज्ञानलाई आत्मसात् गरेर चीनले ओलम्पिक खेल सफलतापूर्वक सम्पन्न गर्‍यो, नयाँ नेपाल निर्माणका लागि पनि तीन तत्वको फ्युजन गरेर सफलता खोजिनेछ ।'

 
गोरखापत्र २०६५ साल भदौ १५ गते आइतबार
नराम्रा परम्परा तोड्न चाहन्छौं : प्रचण्ड

गोरखापत्र समाचारदाता. काठमाण्डौ, भदौ १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्डल'ले सरकारले चाँडै ल्याउन लागेको नीति, कार्यक्रम र बजेटमा विगतका नराम्रा परम्परा तोडिने बताउनुभएको छ ।

शान्ता श्रेष्ठले लेख्‍नु भएको 'यो कथा होइन' पुस्तकको शनिवार यहाँ विमोचन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, "नीति कार्यक्रम र बजेटको अग्निपरीक्षा हाम्रो अगाडि छ, हामी तमाम चुनौतीका बीचबाट पनि विगतका नराम्रा परम्परालाई तोड्न चाहिरहेका छौं ।"

पुराना नराम्रा परम्परालाई तोड्ने क्रम सुरु गरू गरिसकिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रमलाई सकेसम्म जनता र राष्ट्रका पक्षमा ल्याइने जानकारी दिनुभयो । सहमतिका आधारमा आफूहरु अगाडि बढ्न चाहेको उल्लेख गर्दै उहाँले नेपाली काङ्ग्रेसलाई पनि कुनै न कुनै रूपमा समेटेर लैजाने आश्वासन दिनुभयो ।

सरकार बन्ने प्रक्रिया र सरकार बनेको भोलिपल्टैदेखि पुरानाहरुले पुरानै षड्यन्त्र गरिरहेको आरोप उहाँले लगाउनु भयो । सरकारलाओ जनता र राष्ट्रको पक्षमा चलाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले त्यसो गर्दा कसैलाई घाटा पुग्छ भने त्यसको विरुद्ध लडिरहने र पुरानाहरुले जस्तो सरकारमा टउँसिरहने प्रवृत्ति नगर्ने प्रस्ट गर्नुभयो ।

पुराना शक्तिहरु अझै बदलिई नसकेको, राष्ट्रलाई ठगेर खाने, अदुत सम्पत्ति कमाउने, भ्रष्टाचार र षड्यन्त्रमै व्यस्त रहेको आरोप लाउँदै दाहालले प्रश्न गर्नुभयो, "के त्यस्तो प्रवृत्तिलाई ध्वस्त पार्न हामी सक्छौं ?" राजनीतिक इच्छाशक्तिका साथ इमानदारी र जिम्मेवारीका साथ एक हुने हो भने नेपालका प्राकृतिक स्रोतसाधनलाई उपयोग गरेर आठ/दश वर्षभित्रै अद्भुत परिवर्तन ल्याउन सकिने सम्भावना उहाँले व्यक्त गर्नुभयो ।

सामन्त वर्गको राज्यमा एकाधिकार र हालिमुहाली सिध्याएर मेचीदेखि महाकालीसम्मका उत्पीडित जनताको अधिकार सुनिश्चित गर्ने शक्तिशाली माध्यम सङ्घीयता नै भएको उहाँको भनाइ थियो । सङ्घीयता राज्यलाई मजबुत पार्ने अवधारणा कि विखण्डनको माध्यम? यस विषयमा गम्भीर बहसको खाँचो रहेको उहाँले बताउनुभयो । राज्य, सरकार तथा राजनीतिक नेतृत्वले राजनीतिक अखण्डतामाथि खतरा पार्नसक्ने सम्भावना उहाँले औंल्याउनु भयो ।

कार्यक्रममा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले नेपालमा बिनारक्तपात गणतन्त्र स्थपना भएर विश्वलाई नै नयाँ सन्देश दिएको बताउनुभयो ।

कार्यक्रममा सहिद गङ्गालाल श्रेष्ठकी श्रीमती हसिनादेवी तथा सहिद दुर्गानन्द झाकी श्रीमती काशीदेवीलाई सम्मान गरिएको थियो ।

 
The Rising Nepal 2008 August 31 Sunday
Federal democratic republic strengthens nationality:PM
Kathmandu, August 30

Prime Minister Puspa Kamal Dahal 'Prachanda' Saturday said that the declaration of Nepal as a federal democratic republic would strengthen nationality, territorial integrity, sovereignty and the independence of the country.

He said that the declaration of federal democratic republic state would be the medium to ensure equitable rights and raise awareness and responsibility among the country's people. "The traditional mindset of the people has been changed, and if this forward looking awareness of the people is not translated into an action it can bring misfortune to the country," he said.

Speaking at the release of "Yo Katha Hoina", a book written by Shanta Shrestha, PM Prachanda pointed out that there were still doubts about the implementation of federal republic, which was a big challenge to meet. Moreover, the patriarchal norms are still in prevalence which need to be uprooted to build a new Nepal.

Expressing his commitment to taking the peace process to a logical conclusion and drafting a progressive and pro-public constitution, he appealed to all the people to forge a national unity to build new Nepal.

Citing an example of China's development through the fusion of technology and people's unity, he said that the potential of tourism, hydropower and other resources should be duly recognised for the overall development of the country. "Effective measures for eliminating widespread corruption and irregularities in the country is not possible unless people are devoted to nationa and the nation towards the citizens," he added.

He said that the government would take a full shape on Sunday and concerntrate on budget preparation. "The upcoming budget will focus on public and overall national development."

Republican leader Ram Raja Prasad Singh said that CPN-Maoist's effort to ushering in republic without bloodshed was appreciable. He said that propelling a revolution and leading it to a fruitful conclusion was a big accomplishment of the Maoists in national and international politics.

Commenting on the book, Shanta Das Shrestha said that the work was a memoir o fthe author, evoking an comprehensive vision of her struggle from her childhood to her personality development. It also present a vision of the political struggle between the kings' and Ranas' during the Rana regime.

On the occason, spouse of martyrs Durgananda Jha and Ganga Lal Shrestha, Kashi Devi Jha and Hasina Devi Shrestha respectively were felicitated by the PM. The programme was jointly organisedb by Chelsea International Academy and Pragya Foundation.

 
The Himalayan Times 2008 August 31 Sunday
Prachanda Promises pro-people statute
Rastriya Samachar Samiti - Kathmandum August 30

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' today said the CPN-Maoist would always stand for the Nepali people and draft a pro-people constitution.

The Prime Minister made this statement while releasing a book titled Yo Katha Hoina (This is not a story) written by constituent Assembly member Shanta Shrestha at a function organised in the capital. "The CPN-Maoist will give a fitting reply if any force tries to hatch conspiracies against them," he said. He expressed confidence that the cabinet would be expanded by tomorrow.

The Prime Minister also felicitated martyrs' widows, Kashi Devi Jha and Hasina Devi Shrestha on this occasion.

Politician Ram Hari Joshi, republican leader Ram Raja Prasad Singh, literateur Shanta Das Manandhar and Ananda Aditya of the Chelsea International Academy expressed their views at the program.

 

 
 

 

 

Untitled Document
     
  Copyright ©  Chelsea International Academy    |    All Rights Reserved

Site powered by: Web-Based Information Management of Chelsea Int'l Academy
Contact: mail@chelseainternational.com.np