::. Chelsea Int'l Academy .::
               
home.::
       
 


 
 
महँगो ए-लेभल

पछिल्लो समय, सञ्चार माध्यममा देखिने 'ए-लेभल' को विज्ञापन हेर्दा लाग्छ उनीहरुको लागि कुनै आचारसंहिता चाहिंदैन । नेपालको उच्चमाध्यमिक तह सरहको ए-लेभलले एसएलसी नतिजापूर्व नै भर्नाको विज्ञापन गर्दा पनि कसैले वास्ता गरेको छैन ।

एसएलसी नतिजा आउन करिब एक महिना बाँकी छ । अहिलेदेखि नै काठमाण्डौ उपत्यकाका अधिकांश ए-लेभल सञ्चालन गर्ने कलेज सेमिनार र विज्ञापन गरेर विद्यार्थी तान्न लागिपरेका छन् । आम अभिभावक पनि महँगो शिक्षा राम्रै हुने ठान्छन् । छोराछोरीको इच्छाको निम्ति उनीहरु खर्च गर्न तत्पर छन् ।

नियमन गर्ने निकाय शिक्षा मन्त्रालय भने ए-लेभल प्रति विद्यार्थी आकर्षण बढेको भन्दै तयाँ नीति कार्यान्वयन तर्ने तयारीमा छ । नयाँ नीतिउनुसार मापदण्ड पूरा गर्ने राजधानीबाहिरका कलेजलाई ए-लेभल सञ्चालन प्राथमिकता दिइने मन्त्रालयका सहसचिव महाश्रम शर्माले जनाएका छन् । मापदण्ड पूरा गर्ने कलेजलाई क्याम्ब्रिज विश्वविद्यालयको कोर्स सञ्चालन गर्न दिनेबारे ब्रिटिस काउन्सिलसित सहमति भएको समेत उनले जनाएका छन् ।

नीतिअनुसार ए-लेभल कार्यक्रम सञ्चालनका लागि आवेदन गर्ने संस्थाले काठमाण्डौ उपत्यकाभित्र ३ रोपनी स्वामित्वको जग्गा हुनुपर्नेछ । पहाडमा १० रोपनी र तराईमा नगरपालिकाभित्र १० कठ्ठा, नगरपालिका बाहिर १ बिघा जग्गा संस्थाको नाममा हुनुपर्नेछ । भवन संरचना, फर्निचर, फ्याकल्टी, ल्याब, कम्प्युटर ल्याब, पुस्तकालय, खेलकुद, सुरक्षा, कक्षाकोठा चुस्त हुनुपर्नेछ । उच्च स्तरीय मुल्यांकन तथा अनुगमन समितिले अनुगमन गरी भौतिक संरचना र शैक्षिक मापदण्ड प्रक्रिया पुरा गरेका कलेजलाई मनसाय पत्र प्रदान गरिने शर्माले बताए ।

ए-लेभल सञ्चालन गर्न सैद्धान्तिक र प्रयोगात्मक कक्षाका लागि फ्याकल्टिअनुसार योग्य शिक्षकको व्यवस्था गर्नुपर्नेछ । प्रत्येक विषयका लागि पचास प्रतिशत योग्यता पुगेका पूर्णकालीन शिक्षकको व्यवस्था गर्नुपर्नेछ । पुस्तकालयमा कम्तीमा प्रतिबर्ष प्रतिविद्यार्थी ३ वटाका दरले पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीको व्यवस्था हुनुपर्नेछ । २४ विद्यार्थी लागि कम्तीमा २४ वटा इन्टरनेट सुविधासहितको कम्प्युटर र एकवटा प्रशिक्षकका लागि कम्प्युटरको व्यवस्था हुनुपर्नेछ । कक्षाकोठाकोमा स्क्रिनसहितको मल्टिमेडिया प्रोजेक्टर, ह्वाइट बोर्ड र कम्प्युटरको व्यवस्था हुनुपर्नेछ । २ वटा आउटडोर गेम खेल्न सक्ने सुविधा हुनुपर्नेछ ।

नेपालमा सन् १९८७ पहिलोपटक बुढानिलकण्ठ स्कुलले ए-लेभल सुरु गरेको थियो । अहिलेसम्म देशभरिमा ३४ कलेजले ए लेभल सञ्चालन गर्दै आएका छन् । त्यसमध्ये ३० काठमाण्डौ उपत्यकामा छन् । उपत्यका बाहिर पोखरामा तीन र विराटनगरमा एक छन् । ती सबै गरी बार्षिक १ हजार ५ सय विध्यार्थी अध्ययन गर्ने गरेको क्याम्ब्रिज एजुकेटर्स एसोसियन इन नेपाल (सिइएन) का अध्यक्ष तथा चेल्सी इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल सुधीर झा बताउँछन् । 'ए लेभल प्रति अर्धसम्भ्रान्त वर्ग मात्र नभई निम्नवर्गका जेहेन्दार विध्यार्थीसमेत आकर्षित छन्' उनले भने, "किनभने कुल विध्यार्थीमध्ये १० प्रतिशतले छात्रवृत्ति पाउँछन् ।"

मन्त्रालयले ए लेभलबारे नयाँ नीति लागू गरे पनि काठमाण्डौ र ललितपुरमा थप नयाँ कलेज आवश्यक नरहेको उनले बताए । 'प्रत्येक कलेजले सरदर ३० जबा मात्र विध्यार्थी पढाउँदै आएको अवस्था छ' भौतिक पूर्वाधारभन्दा शिक्षक, व्यवस्थापनमा समस्या हुने उल्लेख गर्दै उनले थप, विध्यार्थी पाउन गार्‍हो भएकले काठमाण्डौ र ललितपुरबाहेक अन्यत्र अनुमति दिँदा वेश हुनेछ ।

शिक्षाविद् डा. विष्णु कार्की मन्त्रालयले नीति सार्वजनिक गर्नुअघि ए लेभलप्रति स्पष्ट धारणा र ठोस नीति बनाउनु पर्ने बताउँछन् । 'एकातिर सार्वजनिक र नीजि शिक्षालयको अवस्था के हुने भन्ने बारे प्रष्ट नीति बेनेको छैन, मनपरी शुल्क असुल्ने काम भइरहेको छ।' ए लेभल विस्तार गर्दा गुणस्तरका नाममा प्रतिस्पर्धा बढ्ने उल्लेख गर्दै उनले भने । नियमन गर्ने निकाय फितलो भएकोले धेशअनुकूल नहुने कार्कीले बताए । 'शिक्षामा रोज्न पाउनु पर्छ, तर यसले विदेश पलायन हुन प्रेरित गर्नेछ', उनले थपे ।

ए लेभल
ए लेभल आकर्षणका तीन कारण छन्, अन्तर्राष्ट्रिय पाठ्यक्रम, विश्वव्यापी प्रतिस्पर्धा र चलेको फेसन । त्यसबाहेक ए लेभलमा नेपाली विध्यार्थी पाएको अन्तर्राष्ट्रिय ख्याति पनि आकर्षणको अर्को कारण हो । विश्वका १ सय ६० देशमा एउटै पाठ्यक्रम हुने र एउटै प्रश्नपत्रमा एकैचोटी परीक्षा सञ्चालन गरिने भएकाले हुनेखाने वर्ग आकर्षित भएका हुन् ।

१६ देखि २० वर्ष उमेरका विध्यार्थीलाई विश्वविध्यालय प्रवेश गराउनुपूर्वको शिक्षा नै एडमान्सड अथवा ए लेभल हो । यो बेलायतको क्याम्ब्रिज विश्वविध्यालय अन्तर्गत क्याम्ब्रिज इन्टरनेशनल एक्जामिनेसन बोर्ड (सिआइए) ले चलाउने जनरल सर्टिफिकेट अफ एजुकेशन (जिसिई) को शैक्षिक कार्यक्रमलाई प्रमाणपत्र वा प्लस टु सरहको मान्यता दिएको छ ।

शुल्क
पाठ्यक्रमदेखि पाठ्यसामग्रीहरु सबै विदेशबाट ल्याउनु पर्छ । परीक्षा शुल्क क्याम्ब्रिजले तोकेकै आधारमा हुन्छ । तोकिएको परीक्षा शुल्कका अतिरिक्त कलेजले आफ्नै किसिमले शुल्क लिन्छन् । सुरुमा भर्ना शुल्क कम्तीमा ८० हजार रुपैया र दोस्रो वर्ष ६० हजार रुपैया लिन्छन् । मासिक साढे सात हजारदेखि १५ हजार रुपैया लिन्छन् । अंग्रेजी स्कुल नपढेका र सामान्य आर्थिक हैसियतका युवाले रोज्न सकेका छैनन् ।

 

 
 

 

 

Untitled Document
     
  Copyright ©  Chelsea International Academy    |    All Rights Reserved

Site powered by: Web-Based Information Management of Chelsea Int'l Academy
Contact: mail@chelseainternational.com.np