::. Chelsea Int'l Academy .::
               
home.::
       
 


 
 
बाइकलाई ब्रेक

राजधानीको एउटा स्कुलले प्लस टु सरहको ए-लेभल भर्ना हुन मोटरबाइक हुईंक्याएर पढ्न आउन नपाइने सर्त अघि सार्‍यो । चेल्सी इन्टरनेशनल एकेडेमीले भर्ना आवेदन खुलेको विज्ञापन मै दुई बर्ष मोटरसाईकल नकिन्ने प्रतिबद्धता खोजेको थियो ।

भर्खर एसऐलसी पास गरी ए-लेभल पढ्न आएका अल्लारे छात्रछात्रालाई मोटरबाईक हुईंक्याउँदै पढन आउने छुट दिंदा तिनको व्यक्तिगत सुरक्षा खतरामा पर्नुका साथै पठनपाठन प्रभावित भएकाले यस्तो शर्त राख्नु परेको बराउँछन्, प्रिन्सिपल सुधिर कुमार झा । प्लस टु मा भर्ना हुने भनेका सामान्यतया सोह्र सत्र बर्षका हुन्छन, उनले भने, मोटरसाईकल हुईंक्याउँदा तिनको दिमागमा जोस हावी भएर होस हराउने गरेको छ । असुरक्षित हँकाईका कारण दुर्घटनामा परेका छात्रछात्राको समवेदना पटक पटक अखबारमा देखिन थालेकाले बाईक निषेध गर्नु परेको उनले सुनाए ।

पाँच बर्ष स्कुल सञ्चालनमा उनले अल्लारे उमेरमा मोटरबाईकको सुविधा पाउँदा विद्यार्थीले पढाइ बिगारेको अनुभव गरेका छन् । उनको स्कुलमा ए-लेभल पढने पच्चिस प्रतिशत जति विद्यार्थी मोटरबाइक चढेर आउँछन् । एसएलसी मा उम्दा देखिएका विद्यार्थीले प्लस टु क्लास बंक गरेर घुम्न निस्कने गरेका छन् । केटा र केटीको जोडी बनाएर बंक गर्ने पनि छन् । यसमा मोटरसाईकलले सजिलो बनाईदिएको झाको अनुभव छ । यस्ताको देखासिकीमा अरुले पनि बाबुआमालाई मोटरबाईक किन्न दवाब दिने उनी सुनाउँछन ।

अभिवाभकलाई यी सबै ब्योहोरा अवगत गराई छोराछोरीको रहर पुरा नगर्न अनुरोध गरे पनि मोटरबाऐक किन्नेको संख्या घट्नुको साटो बढेकाले यस्तो नियम लगाउनु परेको झा बताउँछन् । कसैले मोटरबाईक भए मेहनग गरी पढ्छु भनेर फकाउँदा रहेछन्, उनले भने । कसैले चाहीँ घुर्क्याएर बाध्यता बनाउँदा रहेछन् ।

 
 

 

 

Untitled Document
     
  Copyright ©  Chelsea International Academy    |    All Rights Reserved

Site powered by: Web-Based Information Management of Chelsea Int'l Academy
Contact: mail@chelseainternational.com.np