विद्या संस्कारको जित

काठमाडौं÷रास– विद्या संस्कार स्कुल ‘लोयल्टी कप’ छैटौं उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मन्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको खेलमा विद्या संस्कारले पूर्वविजेता काठमाडौं भ्याली स्कुललाई २–१ गोलले पराजित ग¥यो । विजेताका डिप्सन भट्टराई र सशांक केसीले १–१ गोल गरे । काठमाडौं भ्यालीका मिङमार तामाङ ‘म्यान अफ द म्याच’ चुनिए ।

No Comments

Comments are closed.

To Top